अमेरिकामा विश्‍वकै २१ प्रतिशत कोरोना संक्रमित, यी हुन् सबैभन्दा धेरै प्रभावित १० देश

काठमाडौं । कोरोना भाइरसको कारण विश्वभरमा आतंक फैलिएको छ । चीनबाट सुरु भएको कोरोनाको कहर अहिले विश्वका २०० देशमा पुगेको छ ।

 

विश्व स्वास्थ्य संगठनले सावधानी नअपानाउने हो भने लाखौं मानिसले ज्यान गुमाउने चेतावनी दिइसकेको छ । संयुक्त राष्ट्र संघले दोस्रो विश्व युद्ध यताकै कठिन समय भनेको छ । अहिले विश्वका ४ दर्जनभन्दा बढीले देशले घरबाट मानिस बाहिर निस्कन नदिन लकडाउन गरेका छन् भने् १२० भन्दा बढी देशले अन्तराष्ट्रि सीमानाका बन्द गरेका छन् ।

 

यूरोप, अमेरिका र एशियाली देशमा कोरोनाको सबैभन्दा ठूलो असर परेको छ । त्यसैले आगामी अप्रिल अन्तिमसम्मलाई धेरै जसो देशले सबै किसिमका गतिविधि बन्द गरिसकेका छन् ।

 

कोरोनाको कारण हाल (बुधबार बिहान) सम्म साढे ४२ हजारमानिसले ज्यान गुमाइसकेका छन् भने ८ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।

 

संक्रमितको संख्याका आधारमा अमेरिका शीर्ष स्थानमा पुगेको छ । अमेरिकामा मात्रै विश्वका कुल संक्रमितको २१ प्रतिशतभन्दा बढी संक्रमित छन् । अमेरिकामा हालसम्म १ लाख ८८ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । नयाँ संक्रमितको संख्या औसतमा १५ हजारभन्दा बढी छ ।

 

पछिल्लो दिनहरुमा मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढ्दै गएको छ । कोरोनाका कारण धेरै मृत्यु हुनेमा तेस्रो देश हो । पछिल्लो १ हप्तामा मात्रै करिब ३ हजारले ज्यान गुमाइसकेका छन् । हालसम्म अमेरिकामा कोरोनाका कारण ४ हजार ५५ जनाको मृत्यु भइसकेको छ ।

 

कोरोनाको कारण अहिलेसम्म सबैभन्दा धेरै क्षति इटलीले व्यहोरेको छ । इटलीमा १२ हजार ४२८ जना मानिसको मृत्यु भएको छ भने १ लाख ५ हजार हजार ७९२ जना संक्रमित रहेका छन् ।यस्तै, स्पेनमा ८ हजार ४६४ जनाको मृत्यु भइसकेको छ भने ९५ हजार ९२३ संक्रमित भएका छन् ।

 

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका दश देशको संक्रमित र मृत्यु हुनेको संख्या यस प्रकार रहेको छ :

नोट : माथि प्रस्तुत गरिएको तथ्यांक अप्रिल १ (बुधबार) बिहानसम्मको हो ।

नेपाल बैंकले सातै प्रदेशलाई ५/५ लाख दिने Read Previous

नेपाल बैंकले सातै प्रदेशलाई ५/५ लाख दिने

सरकारले स्थापना गरेको कोरोना कोषमा २२ करोड जम्मा Read Next

सरकारले स्थापना गरेको कोरोना कोषमा २२ करोड जम्मा