सरकारले स्थापना गरेको कोरोना कोषमा २२ करोड जम्मा

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मंगलबार (चैत १८ गते)सम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ ।

 

सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दैनिक कोषमा रकम जम्मा भइरहेको र रकम थपिने क्रम जारी छ ।कार्यालयका अनुसार कोषमा मंगलबारमात्र नेपाल औद्योगिक महासंघले ५० लाख, विभिन्न संघस्ंस्था, व्यक्तिले १ करोड ९ लाख २९ हजार २४ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाबराबरको रकम उक्त कोषमा जम्मा गरिसकेका छन्

अमेरिकामा विश्‍वकै २१ प्रतिशत कोरोना संक्रमित, यी हुन् सबैभन्दा धेरै प्रभावित १० देश Read Previous

अमेरिकामा विश्‍वकै २१ प्रतिशत कोरोना संक्रमित, यी हुन् सबैभन्दा धेरै प्रभावित १० देश

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई १ करोड सहयोग Read Next

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई १ करोड सहयोग