कोरोना दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले कोरोनाभाइरस संक्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।यो संक्रमणले विश्वभर नै अहिलेसम्म नदेखिएको मन्दी ल्याउने समेत उनले बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

 

महासचिव गुटरेशले कोरोना संक्रमणको सम्भावित सामाजिक र आर्थिक प्रभाव प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।न्यूयोर्क सिटीमा अवस्थित राष्ट्रसंघीय मुख्यालयमा प्रतिवेदन जारी गर्दै गुटरेशले भने, ‘कोरोनाभाइरसको आक्रमण मानिसहरुको जीवन र जीविकासँग जोडिएको छ ।’

 

उनले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी पनि दिएका छन् ।

 

कोरोनाभाइरस संक्रमणबाट विश्वभरी ८ लाख ५९ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । यस्तै मर्नेको संख्या ४२ हजारभन्दा बढी पुगिसकेको छ ।

 

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा १ लाख ८८ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । ३ हजार ८ सयभन्दा बढी अमेरिकी नागरिकले भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेको छ ।इटलीमा मर्नेको संख्या सबैभन्दा धेरै छ । अहिलेसम्म इटलीमा १२ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।

-एजेन्सी

प्रभु बैंकले आज यी ३७ शाखामार्फत सेवा दिने Read Previous

प्रभु बैंकले आज यी ३७ शाखामार्फत सेवा दिने

नेपाल बैंकले सातै प्रदेशलाई ५/५ लाख दिने Read Next

नेपाल बैंकले सातै प्रदेशलाई ५/५ लाख दिने