काठमाडौं । लकडाउनको नवौं दिन आज (चैत १९ गते) प्रभु बैंकले देशका विभिन्न स्थानका ३७ शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।
बैंकका अनुसार आज बागमती प्रदेशका १५ शाखा, प्रदेश १ का ५ शाखा, प्रदेश २ का ५ शाखा, गण्डकी प्रदेशका ५ शाखा, प्रदेश ५ का ६ शाखा, र सुदूर पश्चिम प्रदेशका १ शाखा कार्यालय खुला रहनेछन् ।
बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरी सेवा प्रदान गर्ने भएको हो। साथै बैंकले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ (मोबाइल बैंकिबैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।
आज खुला रहने शाखाहरु यसप्रकार छन् :
