व्यापार घाटा साढे ८ खर्ब, निर्यात २२.३५ प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो समय कोरोनाका कारण देश पूरै लकडाउनमा छ । विभिन्न देशहरुबाट आयातमा समेत रोक लगाइएको छ । भारतबाट समेत अत्यावश्यक वस्तु बाहेक अन्य वस्तु आयात गर्न रोक लगाइएको छ ।

 

यस्तो अवस्थामा नेपालको व्यापार घाटा भने ४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ८ महिना (साउन–फागुन) मा नेपालको व्यापार घाटा ४.३५ प्रतिशतले घटेको हो ।

 

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ व्यापार घाटा रहेको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा २४.३७ प्रतिशतले वृद्धि भएको थियो ।

 

चालू आर्थिक वर्षको ८ महिनामा आयात २.८७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २३.६९ प्रतिशतले बढेको थियो ।
यो आवको फागुन अन्तिमसम्ममा नेपालबाट कुल ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको सोही अवधिमा ९ खर्ब ४९ अर्ब १० करोड रुपैयाँ बाहिरिएको तथ्यांकले देखाएको छ ।

 

यस्तै चालू आर्थिकको ८ महिनामा निर्यात २२.३५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा निर्यात १४.६० प्रतिशतले वृद्धि भएको थियो । सो अनुसा चालू आवमा निर्यात गत आवको तुलनमा ८ प्रतिशतले वृद्धि भएको हो ।

 

चालू आवमा कुल ७४ अर्ब ९० करोड रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ । गत आवको सोही अवधिमा कुल ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो ।

 

२२.३५ प्रतिशतले बढ्यो निर्यात

 

गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालू आवको ८ महिनामा निर्यात बढ्दो क्रममा रहेको भन्सारको तथ्यांकले देखाएको छ । गत आवको तुलनमा चालू आवको फागुन महिनासम्ममा निर्यात ३३.३५ प्रतिशतले बढेको हो ।

 

चालू आर्थिक वर्षको ८ महिनामा निर्यातका क्रममा ७४ अर्ब ९० करोड ७९ लाख रुपैयाँ भित्रिएको छ ।गत आर्थिक वर्षको फागुन महिनासम्ममा निर्यातका क्रममा ३७ अर्ब ५० करोड १९ लाख रुपैयाँ नेपाल भित्रिएको थियो ।

३ दिनमै बिक्यो ८७ हजार सिलिण्डर ग्यास Read Previous

३ दिनमै बिक्यो ८७ हजार सिलिण्डर ग्यास

इरानले ल्यायो २८ खर्बको राहत प्याकेज Read Next

इरानले ल्यायो २८ खर्बको राहत प्याकेज