काठमाडौं । पछिल्लो ३ दिनमा मात्रै काठमाडौं उपत्यका सहित अन्य स्थानबाट करिब ८८ हजार सिलिण्डर ग्यास विक्री भएको छ ।
नेपाल आयल निगमका अनुसार एलपी ग्यास उद्योग तथा वितरक डिलरहरुले चैत १४ देखि १६ गतेसम्म ८७ हजार ६३० सिलिण्डर ग्यास विक्री गरेका छन् ।
निगमका अनुसार यी ३ दिनमा सबैभन्दा धेरै चैत १६ गते ३९ हजार ८६४ सिलिण्डर ग्यास विक्री भएको छ । त्यस्तै चैत १४ गते ३३ हजार ६५८ सिलिण्डर र चैत १५ गते १४ हजार १०८ सिलिण्डर ग्यास विक्री भएको छ ।
निगमले लकडाउनको बेलामा पनि उपभोक्तलाई ग्यासको अभाव नहोस भनेर विभिन्न स्थानका डिलरबाट दैनिक ग्यास वितरण गर्दै आएको छ ।
निगमले बजारमा ग्यासको सहज आपूर्ति गराउन आज (सोमबार) देखि आधा सिलिन्डर ग्यास मात्र बैच्न पाउने व्यवस्था गरेको छ । पूरा सिलिन्डर ग्यास बेच्दा सबैलाई पुर्याउन असहज हुने देखेपछि निगमले यस्तो व्यवस्था गरेको हो ।
