काठमाडौं । सरकारले कोरोना संकटका कारण हुनसक्ने आर्थिक अभावलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब रुपैयाँ ऋण लिने भएको छ।
आइतबार बसेको मन्त्री परिषद्को बैठकले कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि कोषसँग १३ अर्ब बराबरको ऋण लिने निर्णय गरेको हो । सरकारले लिने यो ऋण निर्ब्याजी हुने बताइएको छ ।
त्यस्तै बैठकले महामारी रोकथामका लागि भन्दै विश्व बैंकले दिने ऋण तथा सहायता स्वरुपको नेपाली रुपैयाँ ३ अर्ब बराबरको लिन वार्ता समिति बनाउने निर्णय समेत गरिएकोछ । एसियाली विकास बैंकले दिने सहायता पनि स्वीकार गर्ने निर्णय गरिएको छ ।