कोरोना भाइरस सङ्क्रमणबाट अति प्रभावित इरानले गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३० करोड यूरो ( करिब २८ खर्ब ३२ अर्ब रुपैयाँ ) बराबरको विशेष राहत कार्यक्रमको घोषणा गरेको छ ।
इरानका राष्ट्रपति हसन रौहानीको अध्यक्षतामा आइतबार राजधानी तेहरानमा बसेको कोरोनाभाइरस सङ्क्रमणको महामारी विरूद्ध सङ्घर्ष गर्न गठित समितिले अनुमोदन गरेका इरानको राज्य सञ्चालित सरकारी समाचार संस्था आईआरएनएले उल्लेख गरेको छ ।
राहत कायक्रम अन्तर्गत अति प्रभावित तथा गरीब परिवार, श्रमिक तथा सङ्क्रमणबाट अति प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि प्रयोग गरिने बताइएको छ ।
राहत कार्यक्रम अन्तर्गत सरकारले ओषधिजन्य सामग्री, कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि अस्पतालमा निर्माण गरिने सघन उपचार कक्ष र अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ ।
उक्त आपतकालीन कोषको व्यवस्था बेरोजगार बीमा कोषबाट गरिने इरानको सरकारले बताएको छ । सङ्क्रमित सबैको उपचारको व्यवस्था सरकारले निःशुल्क गर्ने यसअघि नै राष्ट्रपति रौहानीले बताइसकेका छन् ।
-एजेन्सी