राष्ट्र बैंकको ऋणीलाई दियो सहुलियत : चैतमा तिर्नुपर्ने साँवा र व्याज असार मसान्तसम्म तिरे हुने

काठमाडौं। अन्तत राष्ट्र बैंकले कारोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव न्युनिकरण गर्न सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले चैतमा तिर्नुपर्ने कर्जाको सावाँ र व्याज असार मसान्तसम्म तिरे हुने व्यवस्था गरेको हो ।

 

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै अर्थतन्त्रमा ठूलो क्षति पुग्ने आंकलन गरिदैं आएको छ । यद्यपी कोरोनाको प्रभाव कहिलेसम्म चल्ने हो त्यसको कुनै टुङ्गो नलागेको कारण क्षतिको मुल्याङ्कन तत्काल गर्न भने संभव छैन ।

 

यदि कसैले चैत महिनामा नै तिर्न चाहे भने व्याजमा १० प्रतिशत छुट पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

यसैगरी राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ ।

उद्योग वाणिज्य महासंघद्वारा कोरोना नियन्त्रणका लागि ५० लाख सहयोग Read Previous

उद्योग वाणिज्य महासंघद्वारा कोरोना नियन्त्रणका लागि ५० लाख सहयोग

अर्को एक हप्ता लकडाउन जारी राख्ने सरकारको निर्णय Read Next

अर्को एक हप्ता लकडाउन जारी राख्ने सरकारको निर्णय