उद्योग वाणिज्य महासंघद्वारा कोरोना नियन्त्रणका लागि ५० लाख सहयोग

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

 

महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले ५० लाख नगद र करिब ७० लाख बराबरको खाद्य सामग्री तथा अन्य औषधी र औषधीजन्य सामग्री उपलब्ध गराएको छ । खाद्य तथा दैनिक उपभोग्य बस्तु भने लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी तथा श्रमिक वर्गलाई उपलब्ध गराउनेछ ।

 

महासङ्घले विपद्को समयमा सानो सहयोगले पनि ठूलो राहत दिने लक्ष्यका साथ महासङ्घका पदाधिकारीसहितको टोलीले सहयोग रकम उपलब्ध गराएको अध्यक्ष राणाले जानकारी दिइन्।

 

अध्यक्ष राणासहितको टोलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई उक्त सहयोग रकम उपलब्ध गराएको हो । सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वअध्यक्ष पशुपति मुरारकालगायत उपस्थित थिए ।

स्पेनमा कोरोना फैलिनुका प्रमुख दुई कारण : फुटबल खेल र महिला दिवसको र्‍याली Read Previous

स्पेनमा कोरोना फैलिनुका प्रमुख दुई कारण : फुटबल खेल र महिला दिवसको र्‍याली

राष्ट्र बैंकको ऋणीलाई दियो सहुलियत : चैतमा तिर्नुपर्ने साँवा र व्याज असार मसान्तसम्म तिरे हुने Read Next

राष्ट्र बैंकको ऋणीलाई दियो सहुलियत : चैतमा तिर्नुपर्ने साँवा र व्याज असार मसान्तसम्म तिरे हुने