स्पेनमा कोरोना फैलिनुका प्रमुख दुई कारण : फुटबल खेल र महिला दिवसको र्‍याली

समयभन्दा अघि शुरु भएको न्यानो मौसम, च्याम्पियन्स लिग फुटबल र अन्य केही ठूला समारोहहरु, समुद्री किनारका घरहरु र क्याफे संस्कृतिले कोरोना भाइरस युरोपमा अत्याधिक फैलन पुग्यो । र, यसको चपेटामा मुख्यतः इटाली र स्पेन परे ।

 

भाइरस देखिन केही दिन लाग्ने भएका कारण पनि यो यसरी फैलन सकेको हो । सरकारहरुका तर्फबाट पनि धेरै कमजोरीहरु भए । अन्ततः पूर्णरुपमा लकडाउन नै गर्नुपर्ने अवस्था आयो ।

 

स्पेनमा हालसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ५० हजारभन्दा बढि संक्रमित रहेका छन् ।

 

फेब्रुअरी १९ का दिन स्पेनको भ्यालेन्सियाका ३ हजार फुटबल सर्मथकहरु इटालीको मिलान पुगे । रङ्गशालामा इटालीका ४० हजार फुटबल सर्मथक त छँदै थिए । धेरै बर्गामो भन्ने ठाउँका थिए ।

 

बर्गामोका मेयरका अनुसार धेरै मानिसहरुले एट्लान्टा र भ्यालेन्सिया बिचको फुटबल खेल समूहमा हेरे । यो साँझ कोरोना भाइरसले अत्याधिक मात्रामा फैलन अवसर पायो । चिकित्सकहरु पनि अन्य धेरै कारणका अलावा त्यो साँझलाई कोरोना फैलनुको प्रमुख र महत्वपूर्ण कारण मान्छन् ।

 

त्यसको २ दिनपछि बर्गामो भन्दा ६० किलोमिटर टाढाका ३८ वर्षिय एक मानिसलाई कोरोना संक्रमण भयो । उनी इटालीको पहिलो संक्रमित मानिन्छन् । तर, त्यो बेलासम्म कोरोनाले गति लिइसकेको बिज्ञहरु बताउँछन् ।

 

त्यतिबेलासम्म भ्यालेन्सियाका सर्मथकहरु पनि घर फकिसकेका थिए । ती मध्ये एक खेलकुद पत्रकार काइक माटेउ पनि थिए । उनलाई खोकी लाग्न र ज्वरो आउन थाल्यो । त्यसपछि उनी अस्पताल गए । त्योबेलासम्म इटालीमा भाइरस धेरै फैलिसकेको थियो ।

 

माटेउले आफ्ना ४ सहकर्मीहरुलाई पनि भाइरस सारे । भ्यालेन्सियाका धेरै खेलाडी र प्रशिक्षकहरुलाई पनि कोरोना संक्रमण शुरु भयो ।
मार्चको पहिलो हप्तामा स्पेनी स्वास्थ्य मन्त्रीले ठूला खेलकुद प्रतियोगिताहरु बन्द रङ्गशाला भित्र हुनुपर्ने निर्देशन जारी गरे ।

 

तर, स्पेनी जिवनका अन्य पाटाहरु भने सामान्य नै राखियो । बार र क्याफेहरु खुल्ला नै रहे । अन्तराष्ट्रिय महिला दिवसका दिन १ लाख २० हजार जनाको ठूलो र्‍याली निकालियो । उक्त र्‍यालीमा भाग लिएका २ जना महिला मन्त्रीहरु पछि कोरोना संक्रमित भए ।

 

त्यसपछि स्कुल र कलेजहरु बन्द गरिए । तर, त्यो अप्रत्यासित रुपमा आएको ‘छुट्टी’ भइदियो । बाटाघाटा भरिभराउ भए । त्यसको १ हप्ता पछि समुद्रि किनार वा पहाडतिर छुट्टी मनाउन नजान निर्देशन जारी गरियो । बिस्तारै समुद्रि किनारहरु बन्द गरिए ।

 

केन्द्र सरकार र क्षेत्रीय निकायहरु बीच धेरै ठाउँमा समन्वय भएन ।

 

अहिले स्पेन लकडाउनको अवस्थामा छ । लकडाउन २ हप्ता थप गरिएको छ । मानिसहरुमा आक्रोश छ । उनीहरु स्पेनी सरकारले मानिसहरुलाई शुरुदेखि नै आइसोलेशनमा राख्नुको साटो मानिसहरुलाई सडकमा निम्त्याएको आरोप लगाइरहेका छन् ।

-एजेन्सी

 

वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध Read Previous

वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

उद्योग वाणिज्य महासंघद्वारा कोरोना नियन्त्रणका लागि ५० लाख सहयोग Read Next

उद्योग वाणिज्य महासंघद्वारा कोरोना नियन्त्रणका लागि ५० लाख सहयोग