अनलाइन प्रणलीबाट बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुले जारी गर्ने वैदेशिक रोजगारी म्यादी जीवन पोलिसि जारी गर्दा लाग्ने बीमा शुल्क नलाइन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

 

समितिले आइतबार सर्कुलर जारी गर्दै जीवनबीमा कम्पनीहरुलाई सेवाग्राहीको चाप र सुविधालाई मध्येनजर गर्दै बीमा शुल्क नगद, बैंक चेकका अतिरिक्त अनलाइन प्रणालीबाट भुक्तानी व्यवस्था गर्न निर्देशन दिएको हो ।

 

यस्तै, समितिले वैदेशिक रोजगारीमा जानेको इलेक्ट्रेनिक फाराम मान्य हुने गरी बीमालेख जारी गर्दा कानूनी व्यवस्थालाई मध्येनजर गर्दै प्रिन्ट कपीसहित आवश्यकता अनुसार इलेक्ट्रोनिक्स, डिजिटल बीमालेख जारी गर्न निर्देशन दिएको छ ।

 

समितिले विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृतिको आवेदन गर्दा बीमा अवधि थप गर्दा लाग्ने शुल्क पनि अनलाइनबाटै तिर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

 

अमेरिकाले बनायो ५ मिनेटमै कोरोना भाइरस परीक्षण गर्ने मेशिन Read Previous

अमेरिकाले बनायो ५ मिनेटमै कोरोना भाइरस परीक्षण गर्ने मेशिन

लकडाउनले बढायो अण्डाको खपत Read Next

लकडाउनले बढायो अण्डाको खपत