अमेरिकाले बनायो ५ मिनेटमै कोरोना भाइरस परीक्षण गर्ने मेशिन

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ ।

 

अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । यो प्रविधिले ५ मिनेटमा प्रयोगशालाको झन्झट विनै नतिजा दिने बताइएको छ ।

 

अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ ।

 

यो प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति दिइसकेको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ ।

 

अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । यो मेसिनले बिरामीमा भाइरसको आरएनए कति छ भन्ने कुराको पहिचान गर्ने भएकाले शरीरमा भाइरसको उपस्थिति कति छ भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।

 

एबोटले अप्रिलमा यो मेसिनबाट ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने बताएको छ । एफडीएले यसलाई गत मार्च १८ मा अनुमति दिएको थियो ।

-एजेन्सी

एनआईसी एशिया बैंकले स्थापना गर्‍यो सातै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ Read Previous

एनआईसी एशिया बैंकले स्थापना गर्‍यो सातै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’

अनलाइन प्रणलीबाट बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन Read Next

अनलाइन प्रणलीबाट बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन