काठमाडौं । नेपाल आयल निगमले भरी सिलिण्डर ग्यास विक्री गरेमा विक्रेताहरुलाई कारबाही गर्ने बताएको छ ।
निगमले एक सूचना जारी गर्दै चैत १६ गते दिउँसो १ बजेपछि भरी सिलिण्डर ग्यास विक्री नगर्न वितरकहरुलाई निर्देशन दिएको छ । सो समयसम्म विक्री नभएका पूरा भरिएका सिलिण्डर ग्यास उद्योगमा फिर्ता गर्न विक्रेता र वितरकहलाई निर्देशन दिएको छ।
आइतबार दिउँसो १ बजेपछि कुनै पनि विक्रेतासँग पूरा भरिएको सिलिण्डर पाइएको खण्डमा उनीहरुमाथि कडा कारबाही हुने निगमको चेतावनी छ। यसअघि निगमले आधा भरिएका सिलिण्डर मात्र विक्रीवितरण गर्न ग्यास उद्योगीहरुलाई आग्रह गरेको थियो।
पहाडी जिल्लाको हकमा भने यो व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोके बमोजिम हुने निगमले बताएको छ ।
