काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकलाई मेरो किराना अनलाईनबाट सामान किन्दा १० प्रतिशतसम्म रकम फिर्ता हुनेगरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनेछन्।
मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउने बैंकले बताएको छ। यो योजना चैत मसान्तसम्म लागू हुनेछ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन भीडमा जान नपरोस भनेर यस्तो सुविधा ल्याएको बैंकको भनाइ छ।
बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्द आएको छ ।