प्राधिकरणले ऊर्जा उद्यमीलाई तत्काल बिल भुक्तानी नगर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी विद्युत् खरिद विक्री सम्झौताअनुसार बिल भुक्तानी गर्न असमर्थ रहेको जनाएको छ ।

 

महामारीका कारण विद्युत् खरिद बिक्री सम्झौतामा उल्लेख भएको काबु बाहिरको परिस्थिति उत्पन्न भएकाले सञ्चालनमा रहेका निजी क्षेत्रका ऊर्जा उद्यमीलाई पछि भुक्तानी गर्ने भएको हो ।

 

प्राधिकरणले एक सूचनामार्फत काबु बाहिरको परिस्थिति उत्पन्न भएकाले सञ्चालनमा रहेका विद्युत् आयोजनाको मिटर रिडिङ, मासिक बिल भुक्तानी तथा सोसम्बन्धी अन्य कार्य समयमा गर्न नसकिएको जनाएको छ ।

 

प्राधिकरणले सूचनामा भनेको छ, ‘काबु बाहिरको परिस्थितिका कारण दायित्व पूरा गर्न नसकिएको मानिने र क्षतिपूर्ति वा हर्जाना बुझाउनु नपर्ने व्यवस्था आकर्षित हुनेछ ।’

 

प्राधिकरणले आफूसँग विद्युत् खरिद सम्झौता गरेका सम्पूर्ण प्रवद्र्धक कम्पनीलाई यस अवस्थाको बारेमा जानकारी नै भएको जनाएको छ । प्राधिकरणले यसबाट प्रवद्र्धक कम्पनीलाई पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ । प्राधिकरणले साना तथा ठूला गरी झन्डै १०० आयोजनासँग विद्युत् खरिद सम्झौता गरेको छ ।

कोरोनाबाट शिथिल बनेको अर्थतन्त्र जोगाउन कुन देशले ल्याए कति रकमको राहत प्याकेज Read Previous

कोरोनाबाट शिथिल बनेको अर्थतन्त्र जोगाउन कुन देशले ल्याए कति रकमको राहत प्याकेज

महावीर पुनले बनाएका डाक्टरले लगाउने ड्रेस सरकारलाई निःशुल्क दिने, दैनिक ४८ थान उत्पादन Read Next

महावीर पुनले बनाएका डाक्टरले लगाउने ड्रेस सरकारलाई निःशुल्क दिने, दैनिक ४८ थान उत्पादन