काठमाडौं । ग्यासको माग बढ्दै गएपछि त्यसको व्यवस्थापन सहज बनाउन आजदेखि बजारमा आधा सिलिण्डर ग्यास विक्री हुन् थालेको छ ।
नेपाल आयल निगमले उद्योगीलाई बजारमा आधा सिलिण्डर मात्र ग्यास पठाउन निर्देशन दिएसँगै आजबाट बजारमा आधा सिलिण्डर ग्यास पठाइएको ग्यास उद्योगीले बताएका छन् ।
आजबाट बजारमा उपलब्ध हुने आधा सिलिण्डरग्यासको तौल ७.१ केजी हुनेछ । यसअघि प्रतिसिलिण्डर १४.२ केजी ग्यास हुने गर्थ्यौ।
आधा सिलिन्डर ग्यासको मूल्य काठमाडौं लगायतका अन्य स्थानका उपभोक्तालाई भने ६ सय ८७ रूपैयाँ ५० पैसा पर्ने छ। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका उपभोक्तालाई आधा सिलिण्डर ग्यासको मूल्य ६ सय ७० रूपैयाँ पर्ने व्यवसायीहरूले बताएका छन्। तराई क्षेत्रमा ६ सय ७७ रूपैयाँ ५० पैसा पर्ने छ।