काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको कारण विश्वभरमा आतंक फैलिएको छ । चीनबाट सुरु भएको कोरोनाको कहर १९९ देशमा पुगेको छ । नेपालमा पनि कोरोनाको असर हरेक क्षेत्रमा पर्न सुरु भएको छ । यद्यपि, नेपालमा अहिलेसम्म कोरोनाको कारण कसैले ज्यान गुमाउन परेको छैन ।
विश्व स्वास्थ्य संगठनले सावधानी नअपानाउने हो भने लाखौं मानिसले ज्यान गुमाउने चेतावनी दिइसकेको छ । त्यसैले अहिले विश्वका ३ दर्जनभन्दा बढीले देशले घरबाट मानिस बाहिर निस्कन नदिन लकडाउन गरेका छन् भने् १२० भन्दा बढी देशले अन्तराष्ट्रि सीमानाका बन्द गरेका छन् ।
यूरोप, अमेरिका र एशियाली देशमा कोरोनाको सबैभन्दा ठूलो असर परेको छ । त्यसैले आगामी अप्रिल अन्तिमसम्मलाई धेरै जसो देशले सबै किसिमका गतिविधि बन्द गरिसकेका छन् ।
कोरोनाको कारण हाल (शुक्रबार बिहान)सम्म २४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने ५ लाख ३२ हजारभन्दा बढी संक्रमित भएका छन् ।
संक्रमितको संख्याका आधारमा अमेरिका शीर्ष स्थानमा पुगेको छ । पछिल्लो एक सातामा अमेरिकमा संक्रमण ह्वात्तै बढेको छ । पछिल्ला ३ दिनमा त झन औसतमा १५ हजारको हाराहारीमा संक्रमित बढेका छन् ।अमेरिकामा हालसम्म १३ सय कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाको कारण अहिलेसम्म सबैभन्दा धेरै क्षति इटलीले व्यहोरेको छ । इटलीमा ८ हजार २१५ जना मानिसको मृत्यू भएको छ भने ८० हजार ५८९ जना संक्रमित रहेका छन् ।
कोरोनाको सबैभन्दा बढी प्रभावित भएका दश देशको संक्रमित र मृत्यु हुनेको संख्या यस प्रकार रहेको छ :

नोट : माथि प्रस्तुत गरिएको तथ्यांक २७ मार्च (शुक्रबार) बिहानसम्मको हो ।