वीरगञ्ज नाकाबाट भित्रियो ८४ बुलेट ग्यास

कोभिड-१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले देशभर लगाउँदै आएको ‘लकडाउन’को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ भित्रिएका छन् ।

 

भन्सार कार्यालयका अनुसार चैत १० गतेदेखि लागू भएको लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलो लिटर पेट्रोल र २७ लाख ५२ हजार किलो लिटर डिजेल नेपाल भित्रिएको छ ।

 

सोहि अवधिमा तरकारी खाद्यान्न लगायतका सामानहरु सहज रुपमा भित्रिएको छ भने आजपनि त्यस्ता अत्यावश्यक सामग्री स्वदेश भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले राससलाई बताए।

 

यसैबीच प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाबारा अनुसार लकडाउनको समयमा सङ्घीय सरकारले छुट दिएका सवारी साधनहरु बाहेक अन्य सवारी साधन चलेका छैनन् ।

 

लकडाउनको समयमा अति आवश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल, तरकारी बोकेको तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्वाध रुपमा चलेको सो कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

नलगाड र जगदुल्ला जलविद्युतको निर्माण ठप्प Read Previous

नलगाड र जगदुल्ला जलविद्युतको निर्माण ठप्प

अब एनसेलको रिचार्जमा १२० प्रतिशत बोनस Read Next

अब एनसेलको रिचार्जमा १२० प्रतिशत बोनस