प्रधानमन्त्री ज्यू ! अहिले राज्यको काम माग्ने हो कि नागरिकलाई सेवा दिने

सरकार र जनताका बीचमा हुने सम्बन्धका केही मान्यताहरु हुन्छन् । जनताले आफ्ना केही वैयक्तिक स्वतन्त्रताहरु सरकारलाई बुझाउँछन्, कर तिर्छन् र उसलाई हतियार प्रयोगको एकाधिकार सुम्पन्छन् । र, त्यसको बदलामा सरकारले जनतालाई आधारभूत स्वास्थ्य, शिक्षा, सुरक्षा, आपत विपदमा राहत इत्यादि दिनुपर्ने ‘करारनामा’ गर्दछ । यो नै आधुनिक सरकार र जनताबीचको सम्बन्धको मूलभूत मान्यता हो ।

 

तर, दूर्भाग्यवश नेपालका सरकारहरुले सधैं नै जनतासँग गरिएको यो करारनामाको उल्लंघन गर्दै आएका छन् । सामान्य अवस्थामा जनताले सरकारले आफूप्रति गर्दै आएको छल वा अन्यायलाई वास्ता गर्नै छाडिसकेको अवस्था छ । तर, विशेष परिस्थितिमा उनीहरु आफ्नो र सरकार बीचको त्यो पुरानो तमसुक हेरेर रसिला आँखा बनाउन बाध्य हुन्छन् ।

 

बेलामौका त्यसले आक्रोशको रुप पनि लिएको छ । र, अन्ततः सरकार मात्र नभएर राजनीतिक व्यवस्था नै पनि परिर्वतन हुँदै आएका छन् । यो नै आधुनिक नेपालको राजनीतिक इतिहासको सारांश हो ।

 

अहिले कर्पोरेट सेक्टरले केही रकम सरकारी राहत कोषमा जम्मा गर्न सुरु गरेका छन् । मुस्किलले त्यहाँ १ अर्ब रुपैयाँ जम्मा होला ? के त्यो १ अर्बले यो महामारीसँग लड्न सकिन्छ ? कि सरकारी खाताबाट खर्च गर्नै नसक्ने अवस्था आएको हो ?

 

अहिले फेरि नेपाली नागरिकहरु त्यस्तै एउटा राजनीतिक चक्रको संघारमा उभिएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सृजना गरेको जटिल परिस्थितिमा फेरि नेपाली नागरिकहरु एकपटक आफू र सरकारबीच गरिएको त्यो पुरानो तमसुक सनुसबाट निकालेर हेर्न बाध्य भएका छन् ।

 

भूकम्प र नाकाबन्दीको समयमा नराम्रोसँग ठगिएको महशुस गरेका उनीहरुले अहिले पनि त्यस्तै महशुस गर्न थालेका छन् । आँखाहरु रसाउन थालिसकेका छन् । रोगको त्रास एकातिर, दैनिक जीवनयापनको समस्या अर्कातिर छ ।

 

कहाँ चुक्यो सरकार ?

 

चैत ६ गतेदेखि विपद्  व्यवस्थापन तथा कोरोना रोकथाम गर्न गठन भएको उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कमिटि सक्रिय भयो । उनले विश्वभर कोरोना डढेलो लागेसरी फैलन थालेपछि नेपालमा पनि त्यसको असर पर्छ भन्ने भेउ करिब ७० दिनपछि पाएका थिए । चैत ९ गतेसम्म निर्वाध सबै तिरबाट आउने यात्रुहरुलाई हामी एयरपोर्टमा स्वागत गर्न व्यस्त थियौ ।

 

हाम्रा यूवा नेता संस्कृत, पर्यटन तथा नागरिक उड्यानमन्त्री केही दिन अघिसम्म नेपाल ‘कोरोना फ्रि’ देश हो । यहाँ हामी पर्यटकलाई स्वागत गर्छौं भनिरहेका थिए । ७० दिन पूर्वतयारी गर्न पाउनेगरि प्रकृतिले हामीलाई समय उपलब्ध गराएको थियो । तर, त्यसको फाइदा हामीले लिन पाएनौं ।

 

हाम्रा प्रिय प्रधानमन्त्री ज्यू  आफ्नो स्वास्थ्य उपचारको क्रममा अस्पतालमा हुनुहुन्थ्यो । हो, त्यही समय हो जिम्मेवारी कसैलाई नदिइ उहाँ अस्पतालमा बस्दा राज्यले कुनै किसिमको तयारी गर्न भ्याएन । तर, उहाँ स्वस्थ हुँदै हुनुहुन्छ त्यो हाम्रालागि खुसीको कुरा हो । समय घर्कियो, एकपछि अर्को गर्दै तीनवटा कोरोना केस नेपालमा भेट्टीए । करिब ६०० परीक्षणमा ३ जनामा कोरोना देखापरिसकेको छ ।

 

हामीलाई थाहा छ, तपाईंको स्वास्थ्य प्रतिकुल छ । माथी भनिएका काम दैनिक रुपमा गर्न तपाईंलाई संभव हुन्न । त्यस्तो अवस्थामा तपाईं अर्को वैकल्पिक नेतृत्व किन घोषणा गर्नुहुन्न ? उप-प्रधानमन्त्री ईश्वर पोखरेललाई सम्पूर्ण प्राधिकार सहितको कार्यवाहक प्रधानमन्त्री घोषणा गर्न तपाईंलाई के ले छेक्यो ?

 

प्रधानमन्त्री ज्यू, यहाँ कोरोना कसरी नेपाल आयो भन्ने विषयमा व्याख्या गर्न खोजिएको होइन । सरकार आफ्ना नागरिकको रक्षाको लागि कति तयार छ र आफ्ना जनताको जिउधन उसका लागि कति महत्वपूर्ण छ भन्ने तर्फ कुरा गर्न खोजिएको छ ।

 

एउटा महत्वपूर्ण विषय

 

प्रधानमन्त्री ज्यू, जसरी अप्ठ्यारो परेका बेला एउटा बालकले आफ्ना आमाबाबु वा अविभावकको साथ खोज्छ त्यसै गरि अहिलेको जटिल परिस्थितिमा नेपाली जनताले तपाईंको अविभावकत्व खोजेका छन् । तपाईंबाट जनताले दिनको एकपटक राष्ट्रको नाममा संवाेधन खाजेका छन् । हौसला र ढाडस चाहेका छन् ।

 

हामीलाई थाहा छ, तपाईंको स्वास्थ्य प्रतिकूल छ । माथि भनिएका काम दैनिक रुपमा गर्न तपाईंलाई संभव हुन्न । त्यस्तो अवस्थामा तपाईं अर्को वैकल्पिक नेतृत्व किन घोषणा गर्नुहुन्न ? उप-प्रधानमन्त्री ईश्वर पोखरेललाई सम्पूर्ण प्राधिकार सहितको कार्यवाहक प्रधानमन्त्री घोषणा गर्न तपाईंलाई के ले छेक्यो ?

 

प्रधानमन्त्री ज्यू, तपाईंलाई नेता नेपाली जनताले छानेका हुन् । त्यसैले तपाईंले नै वैकल्पिक नेतृत्व घोषणा नगरेसम्म अर्को व्यक्तिलाई जनताले यो संकटको घडीमा नेता मान्न सक्दैनन् ।

 

तर, तपाईं नेतृत्व निर्माण गरिरहनुभएको छैन । अरुलाई खेताला झैं काम लगाइरहे झैं देखाउनुहुन्छ । नेतृत्वको लगाम आफैंसँग भएको देखाउन शिकारु ग्रफिक्स डिजाइनरले बनाएका हास्यास्पद सन्देशहरु सामाजिक सञ्जालमा फाल्दिनुहुन्छ ।

 

प्रधानमन्त्री ज्यू, सक्नुहुन्छ संकटको यो घडीमा सक्रिय नेतृत्वमा आउनुस् । सक्नुहुन्न वैकल्पिक नेतृत्व तयार पार्दिनुहोस । नेतृत्व दैनिक रुपमा जनताको बीचमा आएर उनीहरुको हौसला नबढाएसम्म यस्ता युद्ध जितिन्न । हेर्नुस त, विश्वका सबै देशका नेताहरु दैनिक जनतासँग कसरी संवाद गरिरहेका छन् !

 

अर्को महत्वपूर्ण विषय

 

विगतमा जस्तै केही मिडियाले कोरोनासँग लड्न भन्दै रकम संकलनको काम सुरु गरे । त्यसमा सरकारले तत्काल प्रतिक्रिया जनायो । त्यो ठीक कदम पनि हो । विपदको नाममा रकम संकलन गरेर आफूखुसी खर्च गर्ने परिपाटी मौलाएको धेरै भइसकेको थियो । यसलाई निरुत्साहीत गर्न राज्य लाग्नु अत्यन्त सरहानिय काम हो । तर, प्रतिष्ठानले गर्न रोक लगाएको काम सरकारले तुरुन्तै आफैँले गर्ने निर्णय गर्यो । अहिले सरकारले केरोना जस्तो माहामारीसँग लड्न कति रकम खर्च गर्दैछ वा गरर्यो भन्ने विषय निकै गहन हुन आउँछ ।

 

विश्वका कमजोरभन्दा कमजोर मानिएका देशले आफ्ना कमजोर आर्थिक हैसियत भएका नागरिकलाई लकडाउनमा बस्दा खान र बस्नको लागि राहत दिएका छन् । के नेपालमा राहतको आवस्यकता पर्ने नागरिक नभएका हुन् कि सरकारी ढुकुटीमा रकम नभएको हो ?

 

कोरोना महामारीको रुपमा विश्वका ठूला र सबल राष्ट्रबाट सर्दै आएको हो । चीन, इटली, इरान, स्पेन, अमेरिका, फ्रान्स, वेलायत जस्ता निकै सबल र सक्षम देशमा महामारीको रुप लिएपछि नेपाल आएको कोरोना विरुद्धको लडाई लड्न नेपाल सरकारले पूर्व तयारी स्वरुप कति खर्च गर्यो भन्ने कुरा अहिलेको तयारीले देखाएको छ ।

 

अस्पतालमा काम गर्ने स्वास्थ्य कर्मीको लागि चाहिने पीपीइ ड्रेस, कोरोना टेष्ट गर्ने किड, विरामी राख्ने क्वारेन्टाइन र आइसोलेसन वार्ड जस्ता विषयमा सरकारले कति पूर्व तयारी गरेको थियो भन्ने जानकारी सरकारले दिनु पर्छ । यही बीचमा डा. सुन्दरमणी दिक्षितले सरकारले केही तयारी गरेको छैन भन्दा उनलाई जेल हाल्नु पर्छ भन्ने स्वघोषित नागरिक अगुवा र सत्ताका नजिक रहेकाहरुले अहिले मुख देखाउन सक्ने अवस्था छ ? प्रधानमन्त्री ज्यू तपाई ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्यकासाथ अगाडि बढ्नु भएको छ । तपाईंले हरेक नेपालीले गर्ने प्रश्नको उत्तर दिनु पर्छ ।

 

अहिले कर्पोरेट सेक्टरले केही रकम सरकारी राहत कोषमा जम्मा गर्न सुरु गरेका छन् । मुस्किलले त्यहाँ १ अर्ब  रुपैयाँ जम्मा होला ? के त्यो १ अर्बले यो महामारीसँग लड्न सकिन्छ ? कि सरकारी खाताबाट खर्च गर्नै नसक्ने अवस्था आएको हो ? यस विषयमा तपाईंले नागरिक स्तरमा बुझाउनु पर्दैन ?

 

नागरिकको चूलो कसरी बल्छ ?

 

विश्वका कमजोरभन्दा कमजोर मानिएका देशले आफ्ना कमजोर आर्थिक हैसियत भएका नागरिकलाई लकडाउनमा बस्दा खान र बस्नको लागि राहत दिएका छन् । के नेपालमा राहतको आवस्यकता पर्ने नागरिक नभएका हुन् कि सरकारी ढुकुटीमा रकम नभएको हो ?

 

विकसित देशहरुले जनातालाई राहत दिन अर्बौं डलरको राहत घोषणा गरिसकेका छन् । हाम्रै छिमेकी देश भारतले गरिबहरुलाई ३ महिना दाल भात खुवाउने भनेको छ । राहत स्वरुप १ लाख ७२ हजार करोड भारु घोषणा गरेको छ । दिल्ली सरकारले दैनिक ज्यालादारी मजदूरहरुलाई खानका लागि मासिक ५ हजार भारु दिने घोषणा गरेको छ । यसैगरी पाकिस्तान सरकारले पनि दैनिक ज्यालादारीलाई १२ हजार रुपैयाँ राहत घोषणा गरेका छन् । कम्तीमा लकडाउनको समयमा दैनिक मजदूरी गरेर खानेको चूलो बलोस भनेर उनीहरुले यस्तो राहतको प्याकेज घोषणा गरेका हुन् ।

 

अर्थमन्त्री ज्यू, ६ दिन अघिसम्म भन्दै हुनुुहुन्थ्यो ‘टुरिजम सेक्टर बाहेक अन्य क्षेत्रमा कोरोना भाइरसको असर देखिएको छैन । हाम्रो अर्थतन्त्र ठीक ठाँउमा छ ? के पर्यटन बाहेक अन्य क्षेत्रमा यसको असर देखिएको छैन त ?

 

प्रधानमन्त्री ज्यू, तपाईलाई नेपालको हरेक कुना काप्चाको ज्ञान छ भन्ने मेरो बुझाई हो । तपाईले हरेक नेपालीलाई नजिकबाट बुझनु भएको छ । सायद २ वर्ष भयो होला तपाईंसँग जनताको बाक्लो भेटघाट पातलो बनेको । यस बीचमा देशमा समृद्धि आइसकेको हो ? होइन भने नागरिकलाई यसरी लकडाउनमा राख्दा दुई छाक खाने व्यवस्था गर्न तपाईं नेतृत्वको सरकारले राहत घोषणा गर्न सक्दैन ?

 

अर्थमन्त्री ज्यू, ६ दिन अघिसम्म भन्दै हुनुुहुन्थ्यो ‘टुरिजम सेक्टर बाहेक अन्य क्षेत्रमा कोरोना भाइरसको असर देखिएको छैन । हाम्रो अर्थतन्त्र ठीक ठाँउमा छ ? के पर्यटन बाहेक अन्य क्षेत्रमा यसको असर देखिएको छैन त ?

 

हाम्रा स्वास्थ्यमन्त्रीलाई अस्पतालमा प्रयोग हुने ड्रेसको बारेमा ज्ञान छैन । पत्रकारले प्रश्न सोध्दा जवाफ दिने फुर्सद छैन । न कुनै प्लान छ, न कुनै ठोस कार्ययोजना यस्तोमा पशुपति नाथको भरमा नागरिकले घरमा बस्नु बाहेक अर्को विकल्प छैन ।

 

अन्त्यमा प्रधानमन्त्री ज्यू, गरिब र दैनिक ज्यालादारीमा आफ्नो र परिवारको पेट पाल्ने नागरिकको लागि तत्काल राहतको प्याकेज ल्याउनुहोस् । नागरिकको स्वास्थ्य ठीक गर्न रात दिन हस्पिटलमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि आवस्यक सामग्रीको प्रबन्ध गर्नुहोस् । अहिले राज्यको ढुकुटीको रकम खर्च गर्न हुँदैन भन्ने मानसिकताबाट मुक्त हुँदै कोरोना महामारीसँग लड्न र जनताको जीवन रक्षा गर्न ती स्रोत खर्च गर्नुहोस् । हरेक खर्च मागेर चलाउने नियतिबाट बाहिर निस्केर जनतालाई सरकार छ भन्ने अनुभूती दिलाउनुहोस् हामी साथमा हुने छौं ।

भारतले ल्यायो गरिबका लागि १.७० लाख करोडको राहत प्याकेज, प्रत्येकलाई ८० केजी खाद्यान्न Read Previous

भारतले ल्यायो गरिबका लागि १.७० लाख करोडको राहत प्याकेज, प्रत्येकलाई ८० केजी खाद्यान्न

नलगाड र जगदुल्ला जलविद्युतको निर्माण ठप्प Read Next

नलगाड र जगदुल्ला जलविद्युतको निर्माण ठप्प