भारत सरकारले गरिब तथा कमजोर आर्थिक अवस्था भएकाहरुका लागि १.७० लाख करोड रुपैयाँको राहत प्याकेजको घोषणा गरेको छ ।अर्थमन्त्री निर्मला सीतारमणले कोरोना भाइरसले सिर्जना गरेको अवस्थालाई ध्यानमा राख्दै आर्थिक राहत प्याकेज घोषणा गरेकी हुन् ।
दैनिक ज्याला मजदूर र लकडाउनको प्रत्यक्ष प्रभाव पारेका गरिबहरूलाई सहयोग गर्न सो रकम खर्च गरिने उनको भनाइ छ । ‘जनतालाई प्रधानमन्त्री गरीब कल्याण अन्ना योजना अन्तर्गत खाना उपलब्ध गराइनेछ। प्रत्येक व्यक्तिलाई ८० किलोग्राम खाद्यान्न छुट्याइन्छ,’ उनले भनिन् ।
अर्थ राज्यमन्त्री अनुराग ठाकुरले सरकारले खाद्यान्न र पैसा दुवैलाई सहयोग गर्ने बताए। अर्थमन्त्रीले भने, ८० करोड गरीबले आगामी तीन महिनामा ५ केजी बढी रासन (गहुँ वा चामल) पाउने छन। यसका साथै, प्रत्येक परिवारलाई उनीहरूको मन पर्ने एक किलो दाल दिइनेछ।
अर्थ मन्त्रालयले कोरोनासँगको लडाई लडेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिए र उनीहरूको लागि ५ लाख रुपैयाँको जीवन बीमा घोषणा गरेको छ। यस बाहेक प्रत्येक मनरेगा मजदूरलाई २०२ रुपैयाँको ज्याला निर्धारण गरिएको छ।
यस बाहेक किसान सम्मान निधि योजना अन्तर्गत किसानहरुलाई सीधा लाभ हुने २ अप्रिलको पहिलो हप्तामा ८.६५ करोड किसानको खातामा २ हजार रूपैयाँ जम्मा हुनेछन्।