आपतकालीन अवस्थासँग जुध्न परिसंघको सहकार्य शुरू

काठमाडौं । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गरेको छ ।

 

सरकालाई निजी क्षेत्रले सघाउन सक्ने क्षेत्रहरु आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, रोगथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने विषयमा छलफल केन्द्रित रह्यो ।

 

उपप्रधानमन्त्री एवं संयोजक ईश्वर पोख्रेलले सरकारी तयारी बारे जानकारी गराउँदै अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामना गर्न सहकार्यको अपरिहार्यता स्पष्ट पारे ।

 

यी विषयमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रमा आपसी समन्वय गरी सरकारलाई यथासक्य छिटो उपलब्ध सहयोग हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे । परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आवश्यक सहकार्य र सहयोग उपलब्ध गराउन तयारी अवस्थामा रहेको जानकारी गराए ।

कोरोना नियन्त्रण गर्न एनसेलको १० करोड सहयोग Read Previous

कोरोना नियन्त्रण गर्न एनसेलको १० करोड सहयोग

पर्यटन क्षेत्रमा विश्वभर ५ करोड रोजगारी गुम्ने प्रारम्भिक अनुमान, नेपालमा कस्तो असर Read Next

पर्यटन क्षेत्रमा विश्वभर ५ करोड रोजगारी गुम्ने प्रारम्भिक अनुमान, नेपालमा कस्तो असर