मोबाइल रिचार्ज गरे जतिनै बोनस दिन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले मोवाइल फोन प्रयोगकर्तालाई रिचार्ज गरेजति नै रकम बोनमा दिन निर्देशन दिएको छ । आज बसेको प्राधिकरणको संचालक समिति बैंठकले सबै दुरसंचार सेवा प्रदायक कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

 

अहिले कोरोना भाइरसको कारण देश लकडाउन भएको समयमा हरेक ग्राहकलाई केही भएपनि राहत दिन कम्पनीहरुले रिचार्ज बराबर नै बोनस दिन भनिएको प्राधिकरणले जनाएको छ ।

 

साथै, प्राधिकरणले लोन वापत दिइने रकम बढाएर २०० रुपैयाँ पुर्याउन भनेको छ । देश नै लकडाउन भएको समयमा मानिसले एक ठाउँबाट अर्को ठाउँमा पुगेर आफ्नो काम गर्न र आफन्तसँग कुरा गर्न सक्ने अवस्था नभएकाले बोनस र ऋण रकम बढाउन निर्देशन दिइएको हो ।

 

अहिले नेपालमा मुख्यत नेपाल टेलिकम, एनसेल, स्मार्टसेल लगायतका कम्पनीहरुले दुरसंचर सेवा प्रदान गर्दै आएका छन् ।

कोरोनापछि अर्को नयाँ भाइरस देखियो, चीनमा एकको मृत्यू Read Previous

कोरोनापछि अर्को नयाँ भाइरस देखियो, चीनमा एकको मृत्यू

आज राती १२ बजेबाट भारत २१ दिन लकडाउन गर्ने मोदीको घोषणा Read Next

आज राती १२ बजेबाट भारत २१ दिन लकडाउन गर्ने मोदीको घोषणा