एजेन्सी । कोरोना भाइरसले विश्वमा माहामारीको रुप लिइरहेको समयमा चीनमा अर्को नयाँ भाइरस देखिएको छ । उक्त भाइरसको कारण चीनमा एक जनाको मृत्यू भएको पुष्टी भएको हो ।
चीनको यूनान प्रान्तमा देखिएको हन्ता भाइरसले एक यूवकको मृत्यू भएको अन्तर्राष्ट्रिय मिडियामा समाचार आएका छन् । उक्त भाइरसको कारण सोमबार एकजनाको मृत्यू भएको हो ।
चिनीयाँ मिडिया ग्लोबल टाइममा प्रकाशित रिपोर्ट अनुसार कामको लागि उक्त युवक कामको लागि बस चढेर साडोग प्रान्त गइरहेको थियो । उसको स्वास्थ्यमा समस्या आएपछि उसलाई हस्पिटल लगिएको थियो । साथै बसमा सवार ३२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । अन्यमा यसको असर देखिएन ।
के हो हन्ता भाइरस ?
कोरोना भाइरस जस्तो हन्ता भाइरस खतरनाक नभएको बताइएको छ । यो भाइरस हावा, थुकबाट अर्को मानिसमा सर्दैन । यो मुसाको कारण हुने संक्रमण भए जनाइएको छ । यो रोग एउटा मानिसबाट अर्को मानिसमा भने सर्दैन ।
तर, कुनै मानिसले मुसाको दिसा, पिसाव छोएर हात सफा नगरि आफ्नो आँखामा छुन्छ भने उसलाई संक्रमण हुने खतरा रहन्छ ।
यस भाइरसको लक्ष्यण ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, भमिट हुने, डाएरिया हुने जस्ता लक्ष्यण देखापर्ने छ । यसको असर पनि फोक्सोमा पर्छ र मानिसलाई सास फेर्न कडिन हुने बताइएको छ ।
कति खतरा ?
यो भाइरस निकै खतरानाक रहेको बताइन्छ । यसको शंक्रमण रहेका विरामीको मृत्यू प्रतिशत ३८ प्रतिशत रहन्छ ।