लकडाउनका बेलामा पनि सबै बैंकका एटीएम खुला हुने

काठमाडौं । नेपाल बैंकर्स संघले लकडाउनको समयमा पनि बैंकका शाखा र एटीएम सेवालाई सुचारु राख्ने निर्णय गरेको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँगको छलफलपछि बैंकर्स सघंले आंशिक बैंकिङ सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

 

संघले सबै बैंकका एटीएम बुथलाई साविकको सरह खुल्ला राख्दै निश्चित शाखाहरु पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।यसका लागि सबै एटीएम बुथहरुमा नगद लोड गर्ने व्यवस्थाका लागि सबै बैंकलाई आग्रह गरिसकिएको संघले जनाएको छ ।

 

यस्तै संघले सबै वाणिज्य बैंकले कम्तीमा एउटा स्थानीय तहमा एउटा शाखा सञ्चालन गर्ने निर्णय गरेको छ ।

ट्रम्पलाई झट्का, १ खर्ब डलरको आर्थिक प्याकेज नै तुहियो Read Previous

ट्रम्पलाई झट्का, १ खर्ब डलरको आर्थिक प्याकेज नै तुहियो

महावीर पुन जुटे डाक्टरले लगाउने कपडा बनाउन Read Next

महावीर पुन जुटे डाक्टरले लगाउने कपडा बनाउन