महावीर पुन जुटे डाक्टरले लगाउने कपडा बनाउन

काठमाडौं । राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा. महावीर पुनले कोरोनोको उपचारमा संलग्न चिकित्सकहरूले लगाउने ड्रेस (पीपीई) बनाउने भएका छन् ।

 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जानकारी गराएका हुन् । कोरोना बिरामी जाँच गर्ने चिकित्सकहरूले  अनिवार्य रुपमा लगाउनु पर्ने यस्तो ड्रेस सिलाउनका लागि उनले टेलरको खोजी गरेका छन् ।

 

उनले काठमाडौंको टिचिङ अस्पताल र धरानको बीपी अस्पतालले त्यस्तो ड्रेस बनाउ राष्ट्रिय आविष्कार केन्द्रलाई अनुरोध गरेपछि आफूले पीपीई बनाउन लागेको जनाएका छन् ।

उनले आविष्कार केन्द्रमा ड्रेसको डिजाइन बनाउने काम भइरहेको जनाएका छन् । केन्द्रलाई हाल करिब ४०० वटा ड्रेस बनाउन सकिने समान समेत उपलब्ध भइसकेको बताएका छन् । उनले ड्रेस  सिलाउने टेलरलाई ज्याला समेत दिइने बताएका छन् ।

 

विश्वव्यापी रुपमा फैलिएको कोरोना नेपालमा समेत देखा परिसकेकाले कोरोनाको परीक्षण गर्ने, किट्स, चिकित्सकले लगाउने ड्रेस पीपीई लगायत सामग्रीहरुको अभाव बढ्दै गएको छ । यसै सन्दर्भमा यस्ता सामान उपलब्ध गराइदिन नेपालले छिमेकी देशहरु गुहारीरहँदा देशभित्रै पीपीईको उत्पादन गर्न आफू अघि सरेको उनको भनाइ छ ।

 

लकडाउनका बेलामा पनि सबै बैंकका एटीएम खुला हुने Read Previous

लकडाउनका बेलामा पनि सबै बैंकका एटीएम खुला हुने

लकडाउनका कारण मेलम्ची खानेपानीको काम समेत प्रभावित Read Next

लकडाउनका कारण मेलम्ची खानेपानीको काम समेत प्रभावित