आन्तरिक वायुसेवाका टिकट निःशुल्क फिर्ता लिन सकिने

काठमाडौं । आन्तरिक हवाई सेवाका टिकट निःशुल्क फिर्ता गर्न सकिने भएको छ। वायुसेवा कम्पनीहरुले मुलुक लकडाउन अवधि (चैत १८ गते) सम्मका लागि काटिएका टिकट निःशुल्क (कुनै चार्ज नकटाई) फिर्ता गर्ने तथा अन्य मितिका लागि सार्ने सकिने बताएका छन् ।

 

हवाईसेवा प्रदायक कम्पनीहरूले यात्रुलाई टिकट सार्न तथा टिकट फिर्ता लिन सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क राख्न आग्रह गरेका छन् । बुद्ध एयर, समिट एयर, यती एयरलाइन्स लगायत हवाई कम्पनीले यात्रुलाई लकडाउन अवधिभरको टिक निःशुल्क र्फिता लिन वा सार्न सकिने बताएक छन् ।

 

सरकारले आजदेखि साताव्यापी लकडाउन घोषणा गरेसँगै आन्तरिक हवाई उडान पूर्णतया बन्द भएको छ । यसअघि सरकारले लामो दूरीका सवारी साधन मात्र रोक्ने भने पनि हवाइ उडान रोक्ने निर्णय गरेको थिएन ।

नेपालको प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय : डब्लूएचओ Read Previous

नेपालको प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय : डब्लूएचओ

लकडाउनमा सुनसान काठमाडौंका सडक (फोटोफिचर) Read Next

लकडाउनमा सुनसान काठमाडौंका सडक (फोटोफिचर)