नेपालको प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय रहेको बताएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न डब्लूएचओले खटाएको माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्ट नेतृत्वको टोलीले गरेको अध्ययन रिपोर्टका आधारमा डब्लूएचओले प्रयोगशालाको रिपोर्टहरू विश्वसनीय भएको बताएको हो।

 

सो टोलीले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाको मार्च १३ देखि २१ सम्म अध्ययन गरेका थिए।एस्कोफ्टले आफ्नो प्रतिवेदनमा प्रयोगशालाको जनशक्ति स्तरीय भएको र उनीहरूले परीक्षण सटिक व्याख्या र रिपोर्ट दिने गरेको बताए।

 

त्यसैगरी उनले प्रयोगशालाको परीक्षण क्षमता विस्तार गर्नुपर्ने सुझावसमेत दिएको डब्लुएचओले जनाएको छ।अहिले कोरोनाभाइरसको परीक्षण सुविधा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ।

एनआईसी एशियाका नियमित र बिदा काउन्टर यथावत सञ्चालन हुने Read Previous

एनआईसी एशियाका नियमित र बिदा काउन्टर यथावत सञ्चालन हुने

आन्तरिक वायुसेवाका टिकट निःशुल्क फिर्ता लिन सकिने Read Next

आन्तरिक वायुसेवाका टिकट निःशुल्क फिर्ता लिन सकिने