काठमाडौं । कोरोना भाइरसको सम्भावित महामारीको परिस्थितीलाई मध्येनजर गर्दै एनआइसी एशिया बैंकले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउन्टरहमार्फत नियमित काउन्टर सेवा र बिदा काउन्टर यथावत संचालन गरेको छ।
कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने विदा काउन्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।
यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूका सेवा बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउन्टरहरू बन्द भएको छ।
तर, बैंकको नियमित काउन्टर ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत संचालन हुने बैंकको भनाइ छ।
कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न सुझाइएको छ।