किस्ता भुक्तानी गर्न नसके पनि बीमालेख व्यतित नहुने

काठमाडौं । जीवन बीमा कम्पनीहरुलाई बीमितले भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसके पनि बीमालेख व्यतित (ल्याप्स) नहुने व्यवस्था गरिएको छ ।

 

बीमा समितिले सोमबार सूचना जारी गर्दै कोरोना भाइरसका कारण सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेका कारण सो अवधिभरका लागि यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ।

 

साथै, उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनेभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न पनि समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

 

समितिले निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त हुनु अघि नै बीमितलाई पर्याप्त सूचना उपलब्ध गराई सुसूचित हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

 

साथै बीमालेख जारी गर्दा वा नविकरण गर्दा जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था गर्न पनि निर्जीवन बीमा कम्पनीहरुलाई समितिले निर्देशन दिएको छ।

कोरोनाविरुद्ध लड्न ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख सहयोग गर्ने Read Previous

कोरोनाविरुद्ध लड्न ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख सहयोग गर्ने

एनआईसी एशियाका नियमित र बिदा काउन्टर यथावत सञ्चालन हुने Read Next

एनआईसी एशियाका नियमित र बिदा काउन्टर यथावत सञ्चालन हुने