कोरोनाविरुद्ध लड्न ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख सहयोग गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

 

सोही प्रयोजनका लागि बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’मार्फत १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेकोे बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

कोभिड–१९ले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको अवस्थामा यस योगदानबाट कोभिड–१९ भाइरसविरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

 

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बताएको छ ।

कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा Read Previous

कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा

किस्ता भुक्तानी गर्न नसके पनि बीमालेख व्यतित नहुने Read Next

किस्ता भुक्तानी गर्न नसके पनि बीमालेख व्यतित नहुने