नेपाल बैंकले कोरोना रोकथामका लागि १ करोड दिने

काठमाडौं । विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाइरसको रोकथाम र जोखिम न्यूनीकरणका लागि नेपाल बैंकले सरकारलाई १ करोड रकम प्रदान गर्ने भएको छ ।

 

बैंकको सञ्चालक समितिको बैठकले मानवीय विपत्का घडीमा देशमा कोरोनाको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी रक प्रदान गरिने जनाएको छ ।

अब मोबाइल बैंकिङबाट दैनिक १ लाखसम्म कारोबार गर्न पाइने Read Previous

अब मोबाइल बैंकिङबाट दैनिक १ लाखसम्म कारोबार गर्न पाइने

कोरोना असरः अत्यावश्यक सेवा संचालनमा कठिनाई, के भन्छन् उद्योगी Read Next

कोरोना असरः अत्यावश्यक सेवा संचालनमा कठिनाई, के भन्छन् उद्योगी