काठमाडौं ।कोरोना भाइरसको संक्रमणको सम्भावना न्यून गर्न नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी तथा फर्छ्यौट ऐनलाई संशोधन गर्दै मोबाइल बैंकिङ र वालेटबाट हुने विद्युतीय भुक्तानी कारोबारको सीमा बढाएको छ ।
यससँगै अब मोबाइल बैंकिङबाट दैनिक १ लाखसम्म कारोबार गर्न पाइने भएको छ । यसअघि मोबाइल बैंकिङबाट दैनिक ५० हजारको मात्र कारोबार गर्न पाइने व्यवस्था थियो । यस्तै राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसहित) प्रति महिना १० लाख रुपैयाँ कारोबार गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै इन्टरनेट बैकिङ (मर्चेन्ट पेमेन्ट) प्रति दिन १० लाख तथा प्रति महिना ३० लाख रुपैयाँ र इन्टरनेट बैकिङ (एकाउन्ट ट्रान्सफर) प्रति दिन १० लाख तथा प्रति महिना ५० सम्मको कारोबार सीमा निर्धारण गरिएको छ ।एजेन्ट वा सब एजेन्टबाट रकम भुक्तानी गर्दा प्रतिदिन २५ हजार र प्रति महिना १ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था छ ।
यस्तै बैंक खाताबाट वालेटमा, वालेटबाट बैंक खातामा र एक वालेटबाट अर्को वालेटमा रकम भुक्तानी गर्दा प्रति कारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाख रुपैयाँसम्मको सीमा तोकिएको छ ।
वालेटबाट अन्य बैंक खातामा ट्रान्सफर गर्दा प्रति कारोबार २५ हजार प्रतिदिन १ लाख र प्रति गर्ने सीमा पनि र प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँ नै तोकिएको छ ।