काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले सरकारबाट स्वीकृत प्राप्त अधिकतम भाडादरमा समायोजन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार वायुसेवा कम्पनीका सञ्चालहरूलाई भाडादर पुनर्विचार गर्न आग्रह गरेको थिए । सोही अनुसार बुद्ध एयरले पनि भाडा समायोजन गरेको हो।
कोरोना भाइरसको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट एकैपटक धेरै यात्रु एकैपटक बाहिरिँदा अधिकतम भाडादर लागू भइरहेको भए पनि यात्रुलाई सहजता प्रदान गर्न अधिकतम भाडादर घटाएको बुद्धले जानकारी दिएको छ।
सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गरेपछि एकमात्र माध्यम हवाई भएको र यस्तोमा भाडादर परिमार्जन गरिएको एयरलाइन्सले जनाएको छ ।परिमार्जित भाडादर चैत २१ गतेसम्ममात्र लागू हुने एयरलाइन्सले जानकारी दिएको छ।
भाडा समायोजन सँगै बुद्धले यात्रुको चाप बढेपछि उडान संख्या पनि बढाएको छ। बुद्धले अहिले विराटनगर, भद्रपुर, तुम्लिङटार, सिमरा, भैरहवा, जनकपुर। राजविराज, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत र पोखरामा उडान गर्दै आएको छ।
