नयाँ कर्जा लगानी अनिश्चितकालका लागि स्थगन

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले नयाँ कर्जा लगानी अनिश्चितकालका लागि स्थगन गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघले बैठक बसी कोरोना भाइरसबाट जोगिन सरकारले चालेको कदमलाई साथ दिन यस्तो निर्णय गरेको हो ।

 

लघुवित्त संस्थाहरूको संघले परिस्थितिमा सुधार नआउन्जेलसम्म पहिले प्रतिवद्धता जनाइसकिएको कर्जा बाहेक नयाँ कर्जा लगानी स्थगन गर्ने निर्णय गरेको हो ।

 

यसैगरी लघुवित्त संस्थाहरूले समूह सदस्यहरूसँग व्यक्तिगत तवरले वा केन्द्र प्रमुखमार्फत् समन्वय गरी आधरभूत आर्थिक कारोबार गर्ने भएका छन् ।

 

बैठकले कार्यालय स्वास्थ्य सतर्कता अपनाउन भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने व्यवस्था, स्यानीटाइजरको प्रयोग, मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

सेयर बजार खोल्ने-नखोल्ने निर्णय गर्न नसक्ने राज्य संयन्त्रले कसरी लड्ला कोरोना विरुद्ध Read Previous

सेयर बजार खोल्ने-नखोल्ने निर्णय गर्न नसक्ने राज्य संयन्त्रले कसरी लड्ला कोरोना विरुद्ध

बुद्ध एयरले घटायो भाडादर, कुन रुटको कति (भाडादर सहित) Read Next

बुद्ध एयरले घटायो भाडादर, कुन रुटको कति (भाडादर सहित)