सेयर बजार खोल्ने-नखोल्ने निर्णय गर्न नसक्ने राज्य संयन्त्रले कसरी लड्ला कोरोना विरुद्ध

काठमाडाैं । आज आइतबार बिहान सेयर बजार अलपत्र परेको छ । नेप्सेले कारोबारको सर्भर खोल्यो, ब्रोकरले खोलेनन् । धितोपत्र बोर्डले खोल्ने वा नखोल्ने भन्ने विषयको प्रभावकारी समन्वय गर्न सकेन । अर्थमन्त्रालयले आज आइतबार कारोबार गर्ने वा नगर्ने भन्ने विषयमा ठोस निर्णय गरेको छैन । राज्यका विभिन्न निकायहरुको ठोस निर्णय गर्ने सन्दर्भमा अक्षमता, तिनीहरुबीच समन्वयको अभाव र सेयर ब्रोकरहरुको अलमलले आज मुलुकको एकमात्र सेयर बजार अलपत्र परेको छ ।

 

काेरोना जस्तो प्राणघातक महामारीले विश्व आतंकित पारेको बेलामा सेयर बजार पक्कै पनि अत्याधिक प्राथमिकतामा पर्ने विषय होइन । तर, यसले राज्यका विभिन्न निकायहरुको प्रभावकारीता र क्षमता भने उदांगो पारिदिएको छ ।

 

केही लगानीकर्ताहरु कारोबार नखोल्न भनेर नेप्सेमा धर्ना बस्न गएका छन् । सेयर किनेर बसेकाहरु सेयर मूल्य अझ घट्ला भनेर आत्तिएर धर्ना बस्न गएका होलान् । उता सेयर किन्न खुट्टा उचालेर बसेकाहरु भने बजार अझ घट्ला र किनौंला भनेर सेयर कारोबार खोल्नु पर्छ भन्दै कराइरहेका छन् ।

 

प्रधानमन्त्री केपी ओलीले गत शुक्रबार राष्ट्रको नाममा संवाेधन गर्दै अत्यावश्यक क्षेत्र बाहेक सबै क्षेत्र बन्द गर्नुपर्ने सरकारको निर्णय सुनाएका थिए ।

 

राजपत्रमा उल्लेख गरिएका १३ अत्यावश्यक क्षेत्रहरुमा सेयर बजार नपरेका हुनाले सेयर बजार बन्द गरिएको धितोपत्र बाेर्ड स्रोत बताउँछ । उता नेप्सेका महाप्रबन्धक चन्द्र साउद भने धितोपत्र बोर्डको निर्देशन नआइकन सेयर कारोबार रोक्न नमिल्ने हुनाले आफूहरुले सर्भर खोलेको बताउँछन् ।

 

उता धितोपत्र बोर्ड भने अर्थमन्त्रालयको निर्णय कुरेर बसको छ । उसँग सेयर बजार खोल्ने वा नखोल्ने भन्ने विषयमा प्रधानमन्त्रीको संवाेधन बाहेक अर्को कुनै ठोस निर्देशन छैन । यसरी सबै निकायहरु अलमलमा परिरहँदा अर्थमन्त्रालय अहिलेसम्म कुनै निर्णका साथ अगाडि आएको छैन ।

 

अर्थमन्त्रालयले यो विषयमा कुनै निर्णय दिएको छैन । सेयर बजार खोल्ने वा बन्द गर्ने भन्ने विषयमा समेत तुरुन्तै आफू मातहतका निकायहरुलाई निर्देशन दिन नसक्ने मन्त्रालयले कोरोनाको महामारी नेपालमा फैलिए त्यसको सामना कसरी गर्ला भन्ने गम्भिर प्रश्न खडा भएको छ ।

 

उता ब्रोकरहरुमा पनि कहीँ कतै प्रभावकारी समन्वय देखिएको छैन । केही ब्रोकरहरुले कारोबार खोलेका छन् भने केहीले खोलेका छैनन् । यो हास्यास्पद छ ।

 

केही लगानीकर्ताहरु कारोबार नखोल्न भनेर नेप्सेमा धर्ना बस्न गएका छन् । सेयर किनेर बसेकाहरु सेयर मूल्य अझ घट्ला भनेर आत्तिएर धर्ना बस्न गएका होलान् । उता सेयर किन्न खुट्टा उचालेर बसेकाहरु भने बजार अझ घट्ला र किनौंला भनेर सेयर कारोबार खोल्नु पर्छ भन्दै कराइरहेका छन् ।

 

विश्वमा जुन घनत्वमा यो भाइरस फैलिरहेको छ र यसले जति त्रास फैलाइरहेको छ, त्यसको दाँजोमा सेयर बजार खोल्नु वा नखोल्नु धेरै महत्वको विषय नहोला । तर, कोरोनाको विरुद्धमा भिषण लडाईंको संघारमा उभिएको नेपाल सरकार र उ मातहतका निकायहरुले सेयर बजारको सन्दर्भमा सामान्य ठोस निर्णय समेत गर्न नसक्नुले राज्य संयन्त्रको निर्णय क्षमताको भने राम्रै उजागर गरिदिएको छ ।

धमाधम बन्द हुँदै बिजनेश कम्प्लेक्स, विशाल बजार पनि बन्द भयो Read Previous

धमाधम बन्द हुँदै बिजनेश कम्प्लेक्स, विशाल बजार पनि बन्द भयो

नयाँ कर्जा लगानी अनिश्चितकालका लागि स्थगन Read Next

नयाँ कर्जा लगानी अनिश्चितकालका लागि स्थगन