काठमाडौं । कोरोना भाइरसको प्रकोपलाई मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थाले घोषित साधरण सभा तथा अन्य कार्यक्रम स्थगित गरेका छन् ।
मर्जर तथा प्राप्तिको प्रस्ताव अनुमोदनका लागि सिटिजन्स बैंकले चैत १० गतेलाई डाकेको विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले आइतबार सूचना जारी गरेर साधरण सभा स्थगित गरिएको जानकारी गराएको हो ।
सहयोगी विकास बैंकले चैत १० गतेका लागि डाकिएको साधारणसभा स्थगित गरेको छ । २५ जनाभन्दा बढि भेला हुनु पर्ने भएकाले साधारणसभा स्थगित गर्नु परेको बैंकले उल्लेख गरेको छ।
यसैगरी सेञ्चुरी कमर्सीयल बैंकले पनि साधारणसभा स्थगित गरेको छ।राष्ट्रिय वाणिज्य बैंकले चैत १० गतेदेखि जागिरको अन्तर्वार्ता लिने कार्यक्रम स्थगित गरेको छ।
यसैगरी नागरिक लगानी कोषको बाह्य कारोबार पनि बन्द भएको छ।