काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको कारण विश्वभरमा आतंक फैलिएको छ । चीनबाट सुरु भएको कोरोनाको कहर १८८ देशमा पुगेको छ । नेपालमा पनि कोरोनाको असर हरेक क्षेत्रमा पर्न सुरु भएको छ । तर, नेपालमा अहिलेसम्म कोरोनाको कारण कसैले ज्यान गुमाउन परेको छैन ।
विश्व स्वास्थ्य संगठनले सावधानी नअपानाउने हो भने लाखौं मानिसले ज्यान गुमाउने चेतावनी दिएको छ । त्यसैले संसारभरका देशले घरबाट मानिस बाहिर निस्कन नदिन लकडाउन गरेका छन् ।
यूरोप, अमेरिका र एसियाली देशमा कोरोनाको सबैभन्दा ठूलो असर परेको छ । त्यसैले आगामी अप्रिल अन्तिमसम्मलाई धेरै जसो देशले सबै किसिमका गतिविधि बन्द गरिसकेका छन् ।
यूरोपका धेरै जसो देशले विवाहमा समेत ५ जनाभन्दा धेरै मानिस उपस्थित नहुन आदेश दिएका छन् भने धेरै जसो देशले मानिसलाई घरमै सुरक्षीत रहन भनेका छन् ।
संयूक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुतेरसले भनेका छन् ‘जंगलमा लागेको आगो सरह कोरोना फैलिएको छ । जसले लाखौं मानिसको ज्यान जान सक्छ । त्यसले सबैले सचेत्ता अपनाऔं ।’
कोरोनाको कारण हालसम्म १० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । त्यसमा अहिलेसम्म सबैभन्दा धेरै इटलीमा ३४०५ जना मानिसको मृत्यू भएको छ भने ४१ हजार ३५ जना संक्रमित रहेका छन् ।
यस्तोमा कोरोनाको सबैभन्दा बढी प्रभावित भएका दश देशको संक्रमित र मृत्यु हुनेको संख्या यस प्रकार रहेको छ ।

नोट : माथि प्रस्तुत गरिएको तथ्यांक २२ मार्च बिहानसम्मको हो ।