छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा

काठमाडौं । नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुने भएको छ ।

 

ग्राहकको मनोरञ्जनलाई ध्यानमा राखेर विगत ३ वर्षदेखि सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडि सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ ।

 

डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहँुच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् ।

 

९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ । साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

आइएमई बन्यो ‘डान्सिङ वीथ द स्टार नेपाल’ रियालिटी शोको मुख्य प्रायोजक Read Previous

आइएमई बन्यो ‘डान्सिङ वीथ द स्टार नेपाल’ रियालिटी शोको मुख्य प्रायोजक

राष्ट्र संघ भन्छ, युवा हुँदैमा कोरोना भाइरसको जोखिमबाट मुक्त भइँदैन Read Next

राष्ट्र संघ भन्छ, युवा हुँदैमा कोरोना भाइरसको जोखिमबाट मुक्त भइँदैन