आइएमई बन्यो ‘डान्सिङ वीथ द स्टार नेपाल’ रियालिटी शोको मुख्य प्रायोजक

काठमाडौं । आइएमई बीबीसी स्टुडियोको फम्र्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को प्रमुख प्रायोजक बनेको छ ।

 

यस कार्यक्रमको भोटिङ पार्टनर आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्ध भएक छ । सो सम्बन्धमा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् ‘डान्सिङ वीथ द स्टार नेपाल’ रहने छ । सम्झौता अनुसार ‘डान्सिङ वीथ द स्टार’को भोटिङ राउन्डमा एप मार्फत गरिने सबै भोटिङ ‘आइएमई पे’ एप मार्फत हुनेछ ।

 

डान्सिङ वीथ द स्टार नेपाल को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका विश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिई हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।

 

विश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन् भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन् । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन् ।

 

दर्शकहरुको भोट र निर्णायकहरुको मूल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । विजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

 

बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा विस्तार भइसकेको छ भने अमेरिकामा २८ औं सिजन चलिसकेको छ । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ र नेपालमा पनि यस शो ले थप उचाई हासिल गर्ने आइएमईसँगै साझेदारी संस्थाहरुको विश्वास रहेको छ ।

सिभिल बैंको नयाँ शाखा काठमाडौंको अत्तरखेलमा Read Previous

सिभिल बैंको नयाँ शाखा काठमाडौंको अत्तरखेलमा

छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा Read Next

छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा