 
			काठमाडौं । सिभिल बैंकले काठमाडौंको अत्तरखेलमा शाखा विस्तार गरेको छ । अत्तरखेल शाखाको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगानाले संयुक्त रूपमा उद्घाटन गरे ।
नेपाल सरकारले कोरोना रोगबाट बच्न गरिएको सुचनालाई पालन गर्दै पूर्वनिर्धारित उद्घाटन कार्यक्रमलाई स्थगित गरी अनौपचारीक रूपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओख्रेनी माध्यमिक विद्यालय सुन्दरीजललाई ई-लाइब्रेरीका लागि १ थान कम्प्युटर तथा रामजानकी आधारभूत विद्यालय, नयॉपाटीका विद्यार्थीलाई ५० थान स्कुल ब्याग हस्तान्तरण गरेको जनाएको छ ।
हाल बैंकले देशभरका ११३ वटा शाखा तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिङ सेवा काउन्टरमार्फत बैंकिङ सेवाप्रदान गर्दै आएको छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                