काठमाडौंका मुख्य नाकामा हेल्थ डेस्क स्थापना

काठमाडौ । औषधि व्यवस्था विभागले काठमाडौंका मुख्य सवारीसाधन छुट्ने स्थान र सवारी साधन भित्रिने ठाउँमा हेल्थ डेस्क राखेको छ ।

 

विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्य प्रभावकारी बनाउन आजाबाट दुई स्थानमा हेल्थ डेस्क राखेर तयारी गरिएको हो ।

 

विभागका अनुसार नयाँ बसपार्कबाट ७७ वटै जिल्लामा सवारी साधान छुट्ने भएकाले सो स्थानमा र नागढुंगा नाकामा हेल्थ डेस्क राखिएको हो ।

 

उक्त हेल्प डेस्कबाट ज्वरो चेकजाँच गर्नुका साथै कोरोना भाइरसको बारेमा जानकारी गराउने औषधि व्यवस्था विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । पहिलो चरणमा मुख्य दुई नाकामा हेल्थ डेस्क राखिए पनि विस्तारै यसलाई अन्य ठाउँ पनि राख्ने तयारी भइरहेको उनले बताए ।

 

‘हामीले पहिलो चरणमा काठमाडौंबाट बाहिरिने नयाँ बसपार्क र उपत्यका बाहिरबाट भित्रिने मुख्य नाका नागढुंगामा हेल्थ पोष्ट राखिएको छ, यसलाई हामी चाँडै विस्तार गरेर लैजाने छौँ,’ महानिर्देशक श्रेष्ठले चाणक्य पोष्टसँग भने ।हेल्थडेस्क मार्फत कोरोना भाइरस संक्रमण रोेकथाम र नियन्त्रण गर्न सन्देश दिइने छ ।

हिमालय एयरलाइन्सका सबै अन्तर्राष्ट्रिय उडान स्थगित Read Previous

हिमालय एयरलाइन्सका सबै अन्तर्राष्ट्रिय उडान स्थगित

सिभिल बैंको नयाँ शाखा काठमाडौंको अत्तरखेलमा Read Next

सिभिल बैंको नयाँ शाखा काठमाडौंको अत्तरखेलमा