राष्ट्र संघ भन्छ, युवा हुँदैमा कोरोना भाइरसको जोखिमबाट मुक्त भइँदैन

राष्ट्र सघंका स्वास्थ्य प्रमुख टेड्रस एडनम गेब्रिएससले विश्व भरका युवाहरूलाई आफूहरू कोरोना भाइरसको जोखिमबाट मुक्त छु भन्ने भ्रम नराख्न भनेका छन् ।

 

उनले युवा वर्ग प्रति लक्षित गर्दै भने, ‘तपाईंहरू अपवाद होइन । यो भाइरसले तपाइलाई हप्तौँ सम्म अस्पतालमा राख्न सक्छ र ज्यानै लिन पनि सक्छ’

 

गेब्रिएससले विश्वभर २ लाख ७२ हजार भन्दा बढी भाइरस सङ्क्रमण भएको पुष्टि भइसक्दा र यसबाट ११ हजार जनाले ज्यान गुमाएको बताउँदा सङ्क्रमण नियन्त्रणका लागि राष्ट्रहरू बिचको समझदारी मात्रले काम नगर्ने भन्दै अब उमेर समूहका बिच पनि एकता आवश्यक रहेको बताएका छन् ।

 

पछिल्लो विवरण

पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित भनिएको इटलीमा एक दिनमा नै यसका कारण ज्यान गुमाउनेहरूको संख्या ६२७ ले बढेर जम्मा ४०३२ पुगेको छ । एक दिनमा भएको १८.४ प्रतिशतको यो वृद्धि अहिले सम्मकै सबैभन्दा बढी हो ।

 

इटलीमा सङ्क्रमणको ४ हप्तामा नै कोभिड १९ का कारण ज्यान गुमाउनेहरूको संख्या चीनको भन्दा बढी देखिएको छ । शुक्रवार मात्र थप ६ हजारमा सङ्क्रमण भेटिए पछि सङ्क्रमितहरूको संख्या ४७ हजार २१ पुगेको छ ।

 

त्यस्तै स्पेनमा शुक्रवार थप २३५ मानिसहरूले ज्यान गुमाएका छन् भने मृतकहरूको कुल संख्या १० हजार नाघि सकेको छ ।

 

बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनले भिडभाड हुने पव तथा रेस्टुरेन्टहरू बन्द गर्न भनेका छन् । बेलायतमा सङ्क्रमितहरूको संख्या अहिले सम्म ३ हजार ९ सय ८३ रहेको बताइदा यसका कारण ज्यान गुमाउनेहरूको संख्या भने १ सय ७७ पुगेको छ ।

 

अमेरिकामा पनि दुई प्रमुख राज्यहरूले कोरोना भाइरस सङ्क्रमणका बिच कडा प्रतिबन्धहरू लागु गरेका छन् । न्यु योर्क र क्यालिफोर्नियाले अत्यावश्यक कार्य बाहेकका सम्पूर्ण कामदारहरूलाई घरमा नै बस्न भनेका छन् ।

 

न्यु योर्कमा अहिले सम्म ७ हजार १ सय २ सङ्क्रमण पुष्टि भएको छ भने क्यालिफोर्नियामा १० हजार सङ्क्रमित रहेको र यसका कारण १९ जनाले ज्यान गुमाई सकेका छन् ।

 

अमेरिकामा अहिले सम्म २ सय भन्दा बढीको मृत्यु भएको छ भने १४ हजार ६ सय मा कोभिड १९ सङ्क्रमण देखिसकेको छ । (एजेन्सी)

छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा Read Previous

छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा

ल्यान्डफिल साइटबाट कवाडी संकलन गर्न निषेध Read Next

ल्यान्डफिल साइटबाट कवाडी संकलन गर्न निषेध