अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने

काठमाडौं । अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि बैंकका शाखाहरुमा भीडभाड कम गर्न र विद्युतीय कारोबारलाइए प्रोत्साहन गनै भन्दै बैंकिङ क्षेत्रका ३ ओटा संस्थाले कुनै पनि शुल्क नलिने निर्णय गरेका हुन् ।

 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएन अफ नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कुनै पनि बैैंकको एटीएम कार्ड प्रयोग गरेर जुनसुुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्न नलाग्ने जनाएका हुन् ।

 

‘इन्टरनेट तथा मोबाइल लगायत विभिन्न माध्यमबाट गरिने विद्युतीय कारोबारमा शुल्न नलाग्ने र कुनै बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

साथै नेपाल क्लिएरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपीएस सेवामा पनि कुनै शुल्क नलाग्ने बताइएको छ ।

 

अब इसेवाबाट जुनसुकै बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने Read Previous

अब इसेवाबाट जुनसुकै बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

अब देशभरका विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने Read Next

अब देशभरका विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने