अब इसेवाबाट जुनसुकै बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडौं । अब इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ। बिहीबार रातीदेखि अप्रिल ३० (चैत्र २१) सम्म लागू हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने इसेवाले जनाएको छ ।

 

इसेवामार्फत इसेवा खातामै (पी टु पी) ट्रान्स्फर) गर्दा यसअघि नै निःशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निःशुल्क बनाइएको हो। यसले ग्राहकलाई थप सहज हुने अपेक्षा गरिएको छ।

 

इसेवा नेपालको भुक्तानी सेवा प्रदायक कम्पनी हो।  इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शूल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शूल्क भुक्तानी गर्न सकिन्छ।

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं Read Previous

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने Read Next

अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने