वीरगञ्ज कारागारमा मास्क उत्पादन शुरु

कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि वीरगञ्ज कारागारले कपडाको मास्क उत्पादन शुरु गरेको छ ।

 

कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने ऐन ९५ मास्क मात्र नभएर साधारण पेपर मास्कको वीरगञ्ज बजारमा चर्को अभाव देखिएपछि कारागारमा रहेका कैदीबन्दीहरु कपडाको साधारण मास्क उत्पादन गरी आर्थिक लाभ लिन थालेका छन् ।

 

बिक्रेताका अनुसार बजारमा सर्जिकल मास्कको अभाव भएपछि कारागारमा उत्पादन भएको मास्कले बजार धान्ने गरेको र यसको मूल्य पनि सस्तो हुने भएकाले माग बढ्दै गएको बिक्रेताको भनाइ छ ।

 

कारागारभित्र रहेका ५० जना कैदीबन्दीहरुले दैनिक ३०० भन्दाबढी मास्क उत्पादन गर्ने गरेको बताउँदै जेलर श्रवणकुमार पोखरेलले भने, ‘बजारको मागको आधारमा मास्क उत्पादन गर्ने गरेको छ ।’

 

कैदी बन्दीलाई भेट्न आउने आफन्त तथा सर्वसाधारणको लागि प्रति मास्क २० रुपैयाँमा बिक्री गर्नको लागि कारागार अगाडि रहेको पसलमा राखिएको जेलर पोखरेलको भनाइ छ ।

कारागारभित्र रहेका कैदीबन्दीलाई भेट्न आउने आफन्तलाई मास्क अनिवार्य गरिएको तथा बजारमा मास्कको अभाव भएको बेला कारागारभित्र उत्पादित मास्कले राहत दिएको सर्वसाधारणको भनाइ छ ।

इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्यो, कहाँ जान कति भाडा (मूल्यसहित) Read Previous

इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्यो, कहाँ जान कति भाडा (मूल्यसहित)

६ महिनासम्म पुग्ने खाद्यान्न स्टक, नआत्तिन उपभोक्तालाई आग्रह Read Next

६ महिनासम्म पुग्ने खाद्यान्न स्टक, नआत्तिन उपभोक्तालाई आग्रह