काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौति गरेसँगै आन्तरिक उडानतर्फका विमान सेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन् ।
निगमले चैत ४ गते राती १२ बजेबाट लागुहुनेगरि हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य घटाएकाले हवाई भाडा घटाइएको वायुसेवा संचालक संघ, नेपालले जनाएको छ ।
आज संघले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसका कारण देशभरको उद्योग व्यवसायमा परेको भन्दै विमान संचालक कम्पनीले ८ बुँदामा आफ्नो माग राखेको छ ।
