यी ३ सरकारी कार्यालयमा पैसा बुझाउन नजान आग्रह, जरिवाना लागे सरकारले व्यहोर्ने

काठमाडौैं । सरकारी कार्यालयमा हुने भीडभाड कम गर्न सरकारले बिजुली, मालपोत र यातायातमा लाग्ने जरिवाना बापतको शुल्क मिनाह गर्ने भएको छ ।

 

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय लागू गर्ने क्रममा सरकारले बिहीबार यस्तो निर्णय गरेको हो ।

 

आज गृह मन्त्रालयमा बसेको बैठकले भीडभाड हुने स्थानमा नजान सर्वसाधारणलाई आग्रह गर्दै विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

 

बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो। सरकारले हिजैदेखि लागू हुनेगरी सिनेमा घर, जिम, रंगशाला, मनोरञ्जन स्थल, सांस्कृतिक केन्द्र लगायतका भीडभाड हुने स्थान बन्द गर्न निर्देशन दिएको थियो ।

कोरोना असर: तेस्रो मुलुकबाट आउने सामान पनि क्वारेन्टाइनमा Read Previous

कोरोना असर: तेस्रो मुलुकबाट आउने सामान पनि क्वारेन्टाइनमा

इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्यो, कहाँ जान कति भाडा (मूल्यसहित) Read Next

इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्यो, कहाँ जान कति भाडा (मूल्यसहित)