काठमाडौं। तेस्रो मुलुक भएर नेपाल आउने मालवस्तु भारतको कोलकातामा १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्र नेपाल आउने भएको छ । कोलकाता बन्दरगाह ट्रष्टले ‘ट्रेड सर्कुलर’ जारी गर्दै उक्त बन्दरगाहमा आउने कन्टेनरहरुलाई पनि १४ दिन क्वारेन्टाइनमा राख्ने जनाएको हो ।
समुद्रि बिभागका निर्देशक आर श्रीवास्तवले ट्रेड सर्कुलर जारी गर्दै चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी, युएई, कतार, कुवेत र ओमानबाट आउने कन्टेनरहरु त्यहाँबाट हिँडेको दिन समेत जोडेर कुल १४ दिन क्वारेन्टाइनमा राखिने व्यहोरा सार्वजनिक गरेका हुन् ।
सर्कुलरले विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषणा गरेपछि यस्तो सर्कुलर जारी गरिएको जनाएको छ । यो सर्कुलर मार्च ३१ गतेदेखि लागु हुने जनाइएको छ ।
नेपालमा आउने अधिकांश सामानहरु पनि कोलकाता बन्दरगाह हुँदै आउने गरेको छ ।