काठमाडौं । प्रभु बैंक काठमाडौंको रत्नपार्क, जमल र तीनधारामा रहेका ३ वटा ट्राफिक आइल्याण्डको व्यवस्थापन गर्ने भएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा ट्राफिक प्रहरीका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताबमोजिम बैंकले रत्नपार्क, जमलको आकाशे पुलमुनि र तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैँचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।
सम्झौता अनुसार आगामी ५ वर्षसम्म आइल्याण्डको व्यवस्थापनका लागि लाग्ने खर्च बैंकले बेहोर्ने छ । आइल्याण्डमा बैंक र महानगरको परिचय झल्कने लोगो राखिनेछ । यसमा विज्ञापन सामग्री राखिने छैन । आपसी सहमतिमा राखिने डिजिटल बोर्डमा सन्देशमूलक सामग्री मात्र राख्न सकिने छ ।